Subscribe Us

Responsive Advertisement

Advertisement

नेपालमा आयुर्वेदको चमत्कार: सात दिनमै निको भए कोरोना सङ्क्रमित

काठमाडौँ- आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।
कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।
आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन, ‘आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।’
उनका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिए ।
कोरोना स’ङ्क्र’मण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीय नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भईन । आफूले बिरामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उनले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गरेकी थिइनन् । आयुर्वेदिक चिकि’त्सकहरूको सल्लाहबमोजिम सोही औषधि से”वन गरको र अहिले आफूलाई समस्या नभएको बताइन ।
आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएकाे र त्यसैले काेरोनालाई सजिलै जित्न सकेकाे उनले बताइन । ‘अहिलेसम्म पनि कुनै पनि नराकात्मक असर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु ।’ उनले भनिन ।
उनीमात्र होइन बाग्लुङका ३५ वर्षीय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताउँछन । कतारबाट नेपाल आएका केसी भक्तपुरस्थित राधेराधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर टेस्ट गराउँदा पोजिटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उनले अस्पतालमा हुँदा तातो पानीमा बेसार र नुन हालेर दैनिक रुपमा खान्थे ।
केसी भन्छन, ‘अस्पतालको व्यवस्था धेरै राम्रो छ । कोठा तातो पानीको व्यवस्था थियो र दैनिक रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीन पटक खान दिन्थ्यो ।’ आठ दिनमा नै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केको जानकारी दिँदै थपे, ‘हाल हर्बल चिया र चेवनप्रासको सेवन गरिरहेको छु । अहिले म आफूलाई स्वस्थ्य र बलियो पनि महसुस गरिराखेको छु ।’
गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको अस्पतालले जनाइएको छ । डा. जोशीले पहिलोपटक भर्ना भएका २० जना कोरोना सङक्रमित व्यक्तिहरू सबै डिस्चार्ज भएकाे बताए । त्यसलगत्तै दोस्रोपटक पनि २० जना भर्ना भएकाे थियाे । जसमा १४ जना डिस्चार्ज भइसकेको जानकारी दिए ।
आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड-१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले हाल अस्पतालमा १६७ जना रहेको जानकारी दिँदै थपे, ‘पुरुष १२१ र महिला ४७ जना उपाचारमा रहेका छन् । उनीहरूलाई पनि सोही औषधिको प्रयोग गरिरहेका छाैँ । सबैको अवस्था सामान्य नै रहेको छ ।’
अहिलेसम्म दुई जनालाई ग’ङ्गालाल अस्पताल र एक जनालाई आइसियुको लागि टेकु पठाइएको उनले बताए ।भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वा’स फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खासै लक्षण नदेखिएकाे डा. श्रेष्ठले जानकारी दिए।
उनका अनुसार भर्ना भएका सबैलाई स्वस्थ पार्ने विषयमा केन्द्रका विज्ञ चिकित्सकबीच छलफल गरी स’ङ्क्र’मितलाई विभिन्न आयुर्वेदिक औषधि दिइएको हो ।
टोलीमा काया चिकित्सक, पोषणविद्, द्र’व्यगुण चिकि’त्सक, शल्यविज्ञलगायत मिलेर औषधि छनोट गरिएको थियो । डा. जोशीले स’ङ्क्र’मितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अ’श्वग’न्धा, तुलसी सुतमनी, मरिजलगायत जडीबुटीबाट बनेको औषधि खुवाइएको जानकारी दिए।
औषधिका साथै खानामा पनि ध्यान दिएको प्रष्ट पार्दै उनले भने, ‘कोरोना स’ङ्क्र’मणलाई भिटामिन सी, खनिजमा जि’ङक र सेलेनियम भएको त्यसै अनुसारको खाना मिलाएर दिने गरेका छौँ ।’ डा. श्रेष्ठ भने खाना र औषधिको साथै मेडिटेसन, सामान्य नाचगान तथा योगा गर्नको लागि मौखिक रुपमा जानकारी दिइएकाे यलु जोशीले गोरखापत्र अनलाईनमा लेखेका छन् ।
From swadeshnepal

Post a Comment

0 Comments